राष्ट्र बैंकका उच्च अधिकारीहरुसहित पोखरा जादैँ वाणिज्य बैंकका सीइओहरु

वाणिज्य बैंकका सीइओहरुलाई नेपाल राष्ट्र बैंकले पोखरा बोलाएको छ । असार १७ गते शुक्रबार राष्ट्र बैंकले नेपाल बैंकर्स एसोसिएसनमार्फत सबै सीईओहरुलाई पोखरा बोलाएको हो । राष्ट्र बैंकले मौद्रिक नीतिको बिषयमा छलफल तथा डिजीटल करेन्सी बनाउने लगायतका विषयमा छलफल गर्ने उद्धेश्यसहित सीईओहरुलाई बोलाएको छ ।

नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष तथा कृषि विकास बैंकका सीईओ अनिलकुमार उपाध्यायका अनुसार नेपाल बैंकर्स एसोसिएसनको व्यवस्थापनमा राष्ट्र बैंकले थालेको नेपालको आफ्नै डिजिटल करेन्सीको विषयमा प्रस्तुतिकरण र छलफल हुनेछ । छलफलसँगै सबै सीईओहरुलाई रिफ्रेस गराउने योजना रहेको छ ।

उक्त कार्यक्रममा गर्भनर महाप्रसाद अधिकारी, डेपुटी गर्भनरहरु बमबहादुर मिश्र, निलम ढुंगाना तिम्सिना र अधिकाशं कार्यकारी निर्देशकलगायत राष्ट्र बैंकका उच्च अधिकारीहरुको सहभागिता रहने बताइएको छ ।

पछिल्लो केही महिनायता नेपालको अर्थतन्त्रमा गम्भीर समस्या देखिएको भन्दै यस क्षेत्रका जानकारहरुले सरकारलाई खबरदारी गरिरहेका छन् । बैङ्कहरूसँग लगानीयोग्य रकम छैन, आयात अत्यधिक बढेको छ । विदेशी मुद्रा भित्र्याउने दुई प्रमुख माध्यम रेमिट्यान्स र पर्यटनको आय नबढ्दा चालु खाता घाटा बढेको बढ्यै छ । जसले गर्दा विदेशी मुद्राको सञ्चिती घटेर करिब ५ देखि ७ महिनाको वस्तु तथा सेवा आयात गर्न पुग्ने मात्र स्थिति छ ।

यही अवस्थामा नेपाल राष्ट्र बैङ्कले आगामी आर्थिक वर्षको लागि मौद्रिक नीति तर्जुमा गर्दैछ। यसै बिषयमा छलफल तथा डिजीटल करेन्सी बनाउने लगायतका विषयमा छलफल गर्ने उद्धेश्यसहित सीईओहरुलाई राष्ट्र बैंकले पोखरा बोलाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार