१०० वर्ष उमेर नाघेका पूर्व नाजी गार्डलाई पाँच वर्ष जेल

एक जर्मन अदालतले १०१ वर्षीय पूर्व नाजी यातना शिविरका गार्डलाई पाँच वर्षको जेल सजाय सुनाएको छ । ती व्यक्ति होलोकास्ट९दोस्रो विश्वयुद्धको समयमा नाजीले मच्चाएको नरसंहार जसमा विशेषत यहुदीहरुलाई छानीछानी मारिएको थियो०को समयमा युद्ध अपराधमा संलग्नताको लागि मुद्दा चलाइने सबैभन्दा वृद्ध व्यक्ति भएका छन् ।

सन् १९४२ र १९४५ को बीचमा बर्लिनको उत्तरी भाग ओरानिनबर्गमा रहेको साचसेनहाउसेन क्याम्पमा जेल गार्डको रूपमा काम गर्दा जोसेफ शुएजले हत्यामा सघाएको आरोपमा दोषी ठहर गरिएको हो । अहिले ब्रान्डेनबर्ग राज्यमा बस्दै आएका शुयजले आफू निर्दोष भएको दावी गरेका थिए । उनले आफू गार्ड रहेको शिविरमा हुने गरेको घृणित अपराधको बारेमा थाहा नभएको तर्क दिएका थिए ।

‘मलाई यहाँ किन उभ्याइएको छ मैले बुझिरहेको छैन,’ उनले सोमबार आफ्नो मुद्दाको अन्त्यमा भने । तर अभियोजकहरूले भने उनले ‘जानेर र स्वेच्छाले’ शिविरभित्रका ३५१८ कैदीको हत्यामा भाग लिएको बताउदै पाँच वर्ष कैद सजायको माग गरेका थिए ।

गत वर्ष अक्टोबरमा सुरुवाती सुनुवाइमा शुएजले अदालतमा उठाइएको अवधिमा आफू उत्तरपूर्वी जर्मनीको पासवाकनजिकै खेतमा कृषि श्रमिकको रुपमा कामरत रहेको बताएका थिए । यद्यपि, अदालतले भने सुएज सन् १९४२ देखि सन् १९४५ बीचमा बर्लिनको बाहिरी भागमा रहेको शिविरमा नाजी पार्टीको अर्धसैनिक शाखाको सूचीकृत सदस्यको रूपमा काम गरेको प्रमाण रहेको बताएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार