जेठ महिनासम्ममा जीवन बीमाको आर्जन १ खर्ब १९ अर्बमाथि, कुन कम्पनीले कति कमाए ?

आर्थिक वर्ष २०७८-७९ को जेठ महिनासम्ममा जीवन बीमा कम्पनीहरुले १ खर्ब १९ अर्ब ४७ करोड ७१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । यी कम्पनीहरुले जेठ महिनामा मात्रै २ अर्ब ५९ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छन् भने सोही महिनामा मात्रै ६ अर्ब ४८ करोड रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका छन् ।

यसअवधिसम्ममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले यस अवधिसम्ममा ३० अर्ब रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको छ । जसको सक्रिय बीमालेखको संख्या भने ८ लाख ६१ हजार ४८७ वटा रहेका छन् ।

दोस्रोमा एलआईसी (नेपाल) रहेको छ। कम्पनीले यस अवधिसम्मा लाइफ इन्स्योरेन्स कर्पोरेसनले १४ अर्ब ७९ करोड र नेशनल लाइफ इन्स्योरेन्सले १२ अर्ब ७ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् । सर्वाधिक बीमाशुल्क आर्जन गर्नेको सूचीमा क्रमशः दोश्रो र तेश्रोमा छन् ।

त्यस्तै, यस अवधिसम्ममा एशियन लाइफले ५ अर्ब ९७ करोड ३९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।मेट लाइफले ४ अर्ब ७८ करोड, सिटिजन लाइफले ४ अर्ब ६१ करोड, प्राइम लाइफले ४ अर्ब ४५ करोड, सूर्या लाइफले ४ अर्ब २५ करोड, सन नेपाल लाइफले ३ अर्ब ५३ करोड, रिलायबल नेपाल लाइफले ३ अर्ब ४३ करोड, ज्योति लाइफले ३ अर्ब २१ करोड, आइएमई लाइफले २ अर्ब ८५ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

त्यसैगरी समितिको तथ्याङक अनुसार गुराँस लाइफले २ अर्ब ७३ करोड, रिलायन्स लाइफले २ अर्ब ५८ करोड, सानिमा लाइफले २ अर्ब ३ करोड, प्रभु लाइफले १ अर्ब ७४ करोड र महालक्ष्मी लाइफले १ अर्ब २८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

त्यस्तै, सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा संस्थाले ११ महिनामा ७ अर्ब ४९ करोड रुपैयाँ बराबरको प्रिमियम उठाएको छ । कम्पनीले यस अवधिसम्ममा १२ अर्ब ७ करोड २७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

समीक्षा अवधिमा सबै कम्पनीहरु अर्बभन्दा बढीको बिजनेस गर्न सफल भएका छन् । जसमध्ये अधिकांश कम्पनीले ४ देखि ५ अर्बसम्मको बिजनेस गरेका नियामक निकाय बीमा समितिले जानकारी गराएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार