बुढीगण्डकी बनाउन कम्पनी खोल्ने सरकारको निर्णय

सरकारले कम्पनी खडा गरेर बूढीगण्डकी जलविद्युत आयोजना बनाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आयोजना स्वदेशी लगानीमा निर्माण गर्नेगरी कम्पनी खडा गरेर अघि बढ्ने निर्णय गरेको हो ।

केही समयअघि सरकारले राष्ट्रिय गौरवको १२०० मेगावाटको जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना चाइना गेजुवा वाटर एन्ड पावर समूहबाट खोस्ने निर्णय गर्दै स्वदेशी लगानीमै बनाउने निर्णय गरेको थियो । सोही अनुसार मंगलबारको मन्त्रिपरिषद् बैठकले आवश्यक निर्णय गरेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार