जुजु धौ बनाउन भ्याइनभ्याइ (फोटोफिचर)

असार १५ को लागि भक्तपुरमा जुजु धौ बनाउँदै व्यवसायीहरु । नेपाली लोक परम्परा अनुसार असार १५ मा रोपाईं महोत्सव गरी दही चिउरा खाने प्रचलनले दहीको माग उच्च हुने गर्छ । भक्तपुरमा जुजु धौ व्यवसायी करिव एक सयको हाराहारीमा छन् ।

औसतमा दैनिक १३ हजार लिटर दूधको जुजु धौ उत्पादन गर्दै आइरहेका व्यवसायीहरु असार १५ को अवसरमा माग अनुसार २० हजार लिटर दूधको जुजु धौ उत्पादन गर्छ । यहाँ उत्पादन गरिएको जुजु धौ उपत्यकाका शहरहरु, काभ्रे जिल्लालगायत जाडोमा छिमेकी मुलुकहरुमा समेत निर्यात गर्ने व्यवसायीहरु बताउँछन् ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार