भारतको सबैभन्दा ठूलो मल्टिप्लेक्सले ‘कबड्डी ४’ रिलिज गर्ने

काठमाडौं । नेपाली फिल्म ‘कबड्डी ४’लाई भारतको सबैभन्दा ठूलो र प्रतिष्ठित सिनेमा चेन पीभीआरले देशव्यापी रिलिज गर्ने भएको छ ।कुनै नेपाली फिल्म पीभीआरमा प्रदर्शन हुन लागेको यो पहिलोपटक हो ।

पीभीआरले उक्त फिल्मलाई शुक्रबारदेखि आफ्ना भारतीय आउलेटमा प्रदर्शन गर्न लागेको हो । आफ्नो अफिसियल वेबसाइटमा ‘कबड्डी ४’ शुक्रबार रिलिज हुन लागेको पीभीआरले जानकारी दिएको छ ।

भारतका ७० सहरमा पीभीआरका १७० भन्दा बढी पर्दा छन् । नेपालीभाषी बहुल सहरस्थित मल्टिप्लेक्समा ‘कबड्डी ४’लाई पीभीआरले रिलिजको तयारी गरेको बुझिएको छ । सिक्किमबाहकेका भारतीय राज्यमा ‘कबड्डी ४’ रिलिज हुन लागेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार