विम्बल्डन टेनिसमा नोभाक जोकोभिचको विजयी सुरुवात

६ पटकका च्याम्पियन नोभाक जोकोभिचले विम्बल्डन टेनिस अन्तर्गत विजयी सुरुवात गरेका छन् । डिफेन्डिङ च्याम्पियन जोकोभिचले दक्षिण कोरियाका सुनवु क्वोनलाई ४ सेटमा पराजित गरे । सर्वियन खेलाडी जोकोभिचले पहिलो चरणको खेलमा क्वोनलाई ६–३, ३–६ , ६–३ र ६–४ को सेटमा पराजित गरे ।

यता बेलायती पूर्व विश्व नम्बर एक खेलाडी एन्ड मरेले पनि विजयी सुरुवात गरे । मरेले अष्ट्रेलियाका डकवर्थलाई ४–६, ६–३, ६–२ र ६–४ ले पराजित गरे ।

महिलातर्फ बेलायती खेलाडी इमा राडुकानुले बेल्जियमकी अलिसन भान उयटभांकलाई ६-४ र ६-४ को सोझो सेटमा पराजित गरिन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार