सेयर बजार आज पनि घट्यो, १ अर्ब ५ करोड रुपैयाँ बराबरको कारोबार

आज मंगलबार सेयर बजारमा मापक परिसूचक नेप्सेमा ११.८२ अंकको गिरावट आएको छ । कारोबार सुरू भएदेखि नै घट्न थालेको नेप्से परिसूचक दोहोरो अंकले घटेर १९ सय २१ अंकमा आएर बन्द भएको हो ।
आज ३० लाख कित्ता सेयर किनबेच भएर १ अर्ब ५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै, आज सेन्सेटिभ समूहमा ३.२२ अंकले घटेर ३७२ अंकमा आइपुगेको छ । यस्तै, फ्लोट सूचकमा ०.७५ अंकले घटेर १३२ अंकमा आइपुगेको छ ।

नेप्से परिसूचक घटेपनि आज जीवन बीमा समूह र बैंकिङ समूहमा भने सुधार आएको छ । जीवन बीमा समूह ९६ अंकले बढ्दा बैकिङ समूह ०.२९ अंकले बढेको छ । यसबाहेक, अन्य सबै समूहमा गिरावट आएको देखिएको छ । आज सबैभन्दा धेरै निर्जीवन बीमा समूहमा १०९ अंकले घटेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार