अविरल वर्षाका कारण बुटवल जलमग्न

बुटवलका विभिन्न स्थान डुबानमा परेका छन्। मंगलबार बिहानैदेखि परेको वर्षाको कारण बजारक्षेत्र र सडक डुबानमा परेका हुन्। अमरपथ, राजमार्ग चौराह, कालिकानगर, देवीनगर, दीपनगर, सुख्खानगर लगायतका क्षेत्रमा सडकबाटै भल बगेको छ। मोतिपुर, सेमलार र तिलोत्तमाका कतिपय बस्तीमा घरभित्रै पानी पसेको छ।

रूपन्देहीका तिनाउ, दानव, रोहिणी, कन्चनलगायत खोलामा पनि पानीको बहाव बढेको छ। यस्तै बुटवल दोभान सडकखण्ड अवरूद्ध भएको छ। सिद्धार्थ राजमार्गको बुटवल दोभान सडकखण्ड अन्तर्गत सिद्धबाबा मन्दिर नजिकै माथिबाट पानीको ठूलो छहरा झरेकोले सडक अवरूद्ध भएको हो।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार