नेपाल बैंकका अध्यक्ष सुमन राज आर्यालको राजीनामा स्वीकृत

नेपाल बैंकका अध्यक्ष सुमनराज आर्यालले राजीनामा स्वीकृत भएको छ  । अर्थ मन्त्रालयले आर्यालको राजीनामा आइतबार स्वीकृत गरेको हो ।

नेपाल बैंकमा सरकारको ५१ प्रतिशत स्वामित्व छ  । त्यसैले व्यवस्थापनमा पदाधिकारी चयन सरकारी तजबिजमा निर्भर छ  ।

अर्यालले २०७८ भदौ १० देखि बैकको अध्यक्षता गर्दै आएका थिए  ।   उनी अर्थ मन्त्रालयका तर्फबाट सञ्चालक पदमा नियुक्त भएर बैंकमा आएका थिए  ।

महालेखा नियन्त्रक रहिसकेका अर्याल अर्थ मन्त्रालयका सचिव हुन्  ।

उनले राष्ट्रिय योजना आयोगमा सहसचिव भएर पनि काम गरिसकेका छन् भने केन्द्रिय तथ्यांक विभागको महानिर्देशकको जिम्मेवारी पनि सम्हालिसकेका छन्  ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार