कांग्रेस उपसभापति गच्छदारलाई पत्नीशोक

नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई पत्नीशोक परेको छ ।  थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत गच्छदारकी श्रीमती निर्मलाको शनिबार बिहान निधन भएको हो ।

दुई साता अघि कोरोना पुष्टि भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनको बिहान उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । मिर्गौला र कलेजोको समस्यापछि उनलाई ६ महिना अघि भारतमा उपचार गरि ल्याइएको थियो ।

कांग्रेस सभापति शेरबहादुर देउवा , वरिष्ठ नेता रामचन्द्र पाैडेल लगायत कांग्रेस नेताहरूले निर्मलाको निधनमा श्रद्धाञ्जलि व्यक्त गर्दै शाेक संतप्त परिवारमा समवेदना प्रकट गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार