टोरेसको ह्याट्रिकमा सिटीको जित

इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत शुक्रबार रातिको खेलमा म्यानचेस्टर सिटीले जित निकालेको छ । न्युकासलको घरेलु मैदानमा सम्पन्न खेलमा पाहुना टिम सिटीले घरेलु टिममाथि ४–३ गोल अन्तरको जित निकालेको हो । सिटीको जितमा फरान टोरेसले ह्याट्रिक गरेका थिए ।

खेलको ६१ औैं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्न नसक्दा न्युकासलले गोलको अवसर गुमायो तर त्यही मिनेटमा जोय विलोकले सानदार गोल गरेका थिए ।

त्यसअघि खेलको पहिलो हाफमा पनि इमिल कर्थले २५ औं मिनेटमा गोल गर्दै न्युकासललाई अग्रता दिलाएका थिए । तर, जोआ क्यानसेलोले खेलको ३९ औं मिनेटमा गोल गर्दै खेललाई बराबरी गरिहाले ।

साथै ४२ औं मिनेटमा फरान टोरेसले गोल गरेपछि त सिटीले अग्रता नै बानायो। तर सिटीको अग्रता लामो समय टिकेन ।न्युकासलका जेइलिन्टनले पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।

खेलको ६४ औं र ६६ औं मिनेटमा थप दुई गोल गर्दै टोरेसले ह्याट्रियक गरेपछि सिटीले खेलको ४–३ गोलको अग्रता निश्चित गर्‍याे । त्यसपछि गोल सम्भव नहुँदा उसले खेलमा जित निकालेको हो ।

यो जितसँगै प्रिमियर लिगको उपाधि जितिसकेको सिटीको ८३ अंक छ । न्युकासल भने ३९ अंकका साथ १६ औं स्थानमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार