विभिन्न ११ देशमा राजदूत सिफारिस (सूचीसहित)

सरकारले ११ मुलुकमा राजदूत नियुक्तिका लागि परराष्ट्र मन्त्रालयका दुई सहसचिव सहित ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले राजदूत सिफारिस गरेको हो ।

परराष्ट्र मन्त्रालयले तीन वर्षदेखि रिक्त रहेका श्रीलंका, दक्षिण कोरियासहित कार्यकाल पूरा नभई राजनितीक प्रतिशोधका कारण एक साताअघि मात्रै फिर्ता बोलाइएका अस्ट्रेलिया सहित अन्य मुलुकमा गरेर ११ देशमा राजदूत नियुक्तिको सिफारिस गरेको हो ।

सिफारिस भएकाहरुको नामावली :
निर्मल राज काफ्ले, अस्ट्रिलिया
जिवन प्रकाश श्रेष्ठ इजिप्ट
रमेश पौडेल, श्रीलंका
कृष्णचन्द्र शर्मा, दक्षिण कोरिया
युवराज कार्की, बहराईन
सुम्निमा तुलाधर, अस्टेलिया
नारायण प्रसाद संग्रौला, म्यानमार
कुल प्रसाद नेपाल, ब्राजिल
सुमित्रा सुवेदी, डेनमार्क
मेरज मुसलमान, साउदी अरेबिया
जंग बहादुर चौहान, रसिया

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार