कोटेश्वरमा हायस गाडीले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । सोमबार राति काठमाडौंको कोटेश्वरमा हायस गाडीले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । बा २ ख १२३१ नम्बरको हायस गाडीले ठक्कर दिएको हो ।
हायसको ठक्करबाट घाइते भएका पैदलयात्री ५२ वर्षीय देबकुमार सेनको मृत्यु भएको छ । हायसका सहचालक २३ वर्षका विमल सुनार घाइते भएका छन् ।कोटेश्वरबाट बालकुमारीतर्फ जाँदै गरेको हायसले सुरुमा पैदलयात्रुलाई ठक्कर दिएको थियो ।
दुर्घटनापछि हायसले दाया च्याप्दा बालकुमारीबाट आएको प्रदेश ३-००६ ख ०२९५ नम्बरको ट्रकसँग ठोक्किन पुग्यो । दुर्घटनामा हायसको अगाडिको भाग क्षतविक्षत भएको छ ।हायसका चालक फरार छन् ।