नेकपा एकीकृत समाजवादीका चार जना नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । शीतल निवासमा भएको एक समारोहकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरूलाई शपथ ग्रहण गराएकी हुन् ।
एकीकृत समाजवादीबाट नवनियुक्त मन्त्री हुनेहरूमा जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी सहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका छन् ।