काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्री मन्त्रालयबाट बिदा हुन लाग्दा रोएकी छन् । मन्त्रालयमा आइतबार बेलुकी आयोजित पत्रकार सम्मेलन सुरुवातमै उनी रोएकी हुन् । उनी कार्यक्रम सुरु हुँदै गर्दा मन्त्री झाँक्री आफूले वाचन गर्ने पत्र हेर्दै टिस्यु पेपरले आँसु पुछेकी हुन् ।
पत्रकार सम्मेलनमा मन्त्री रामकुमारी झाँक्री अत्यन्तै भावुक बनिन् ।उनले पत्रकारसँग खुलेर बोल्न समेत सकिनन् । मन्त्रालयमा आयोजित कार्यक्रममा कर्मचारीले मन्त्रालयको प्रगति विवरण सुनाएका थिए । उनीहरुले ‘फेरि भेटौंला’ भन्दै मन्त्री झाँक्रीको विदाइ गरेका थिए ।झाँक्री सुरुदेखि भावविव्वहल थिइन् ।
उनले आफू बोल्न सक्ने हालतमा समेत नरहेको बताइन् । एक पत्रकारले उनलाई भावुक देखिनुको कारण सोधेका थिए । प्रश्न आउनासाथ झाँक्रीका बर्बरी आँशू झर्न थाल्यो । ‘बरु अलि रिस उठ्ने प्रश्न सोध्नुभयो भने अलिकति बोल्न सक्छु कि ?’ उनले भनिन् ।