दर्जनौँ दबाब र आर्थिक प्रलोभन आएका थिए : प्रेम आले

काठमाडौं । संकृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आलेले मन्त्री हुँदा दर्जनौँ दबाब र आर्थिक प्रलोभन आउँदा पनि आफू प्रभावमा नपरेको बताएका छन् । आइतबार साँझ राजीनामा दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री आलेले कागजमा मात्रै काम गरेको देखाउनेहरू आफ्नो निगरानीमा परेको दाबी गरे ।

‘मन्त्री भएपनि स्वागत समारोहमा मेरो अघिपछि लागेर खुसी पार्न नखोज्नुहोला भनेको थिएँ । नभन्दै त्यस्तै अनुभव भयो । मन्त्रीकालमा म भन्दा अगाडि नेतृत्वमा पुगेको हुन् अथवा मैले पदस्थापन गरेकोलाई काम गरेबापत स्यावासी दिएँ भने छलछाम गर्नेलाई कारबाही गरेको जानकारी नै छ,’ उनले भने, ‘नेपाल वायुसेवा निगम, नेपाल पर्यटन बोर्ड, नारायणहिटी दरबार संग्रहालय, पशुपति धर्मशाला, क्यासिनोको बक्यौता असुल, हवाई जहाज तथा हेलिकोप्टरलाई संघीय संरचनाअनुसार स्थानान्तरण लगायतको कारबाही गर्दा अदृष्य शक्ति केन्द्रबाट दर्जनौँपटक दबाब र थुप्रै प्रलोभन पनि आए ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार