काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले आफ्नो कामबाट आफू ९० प्रतिशत सन्तुष्ट रहेको बताएका छन् । पदबाट राजीनामा दिएपछि मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् ।
‘म प्रक्रिया भन्दा एक्सनमा हुर्केको हो, मलाई चाँडै रिजल्ट चाहिन्छ, तपाईंका कामबाट कति सन्तुष्ट हुनुहुन्छ भनेर सोध्यो भने म ९० प्रतिशत भन्छु, यो अवधिमा ९० प्रतिशत अंक ल्याएको ठानेको छु, बाँकी जनताले मूल्यांकन गर्नेछन्,’ उनले भने ।
उनले आफ्नो कार्यकालमा गौतमबुद्ध विमानस्थल सञ्चालनमा आएको भन्दै यो भावी पुस्ताले सम्झिरहने उल्लेख गरे ।