मन्त्री झाँक्रीले पनि राजीनामा दिदैँ

काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पनि पदबाट राजीनामा दिने तयारी गरेकी छिन्। विनियोजन विधेयकबारे आफ्नो मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको संसदमा जवाफ दिए लगत्तै झाँक्रीले राजीनामा दिने भएकी हुन। राजीनामाबारे जानकारी दिन केही बेरमै पत्रकार सम्मेलन आयोजना गरिएको छ ।

आजै पर्यटनमन्त्री प्रेम आलेले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा बुझाइसकेका छन् ।

आले र झाँक्रीसहित १० जना सांसदले केही दिन अघि मन्त्रिपरिषदमा हेरफेर गर्ने निर्णयप्रति असहमति जनाउँदै पार्टीमा ध्यानाकर्षण पत्र बुझाएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार