गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठकमाआधा घण्टाका लागि स्थगित गरिएको छ । संसदमा कुनै प्रस्ताव निर्णयार्थ पेश गर्दा कुल सदस्य संख्याको एक चौथाइ सदस्य अर्थात ६९ जना उपस्थित हुनुपर्ने संसद नियमावलीको व्यवस्था छ ।

प्रतिनिधिसभामा आइतबार सभामुख अग्निप्रसाद सापकोटाले नीति अध्ययन प्रतिष्ठान विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न लाग्दा नेकपा एमालेका सांसद झपट रावलले गणपूरक संख्या नपुगेको भनी प्रश्न उठाएका थिए ।

सांसद रावलले प्रश्न उठाएपछि सभामुख सापकोटाले सदस्य संख्या यकीन गर्न संसद सचिवालयलाई निर्देशन दिएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार