भारतीय कप्तान रोहित शर्मा कोरोना सङ्क्रमित

काठमाण्डौ – भारतीय टेस्ट क्रिकेट टोलीका कप्तान रोहित शर्मालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । रोहित अहिले होटलको आइसोलेशनमा रहेका छन् ।

टेस्ट क्रिकेट खेल्न इङ्ल्यान्ड पुगेका शर्मालाई कोरोना सङ्क्रमण पुष्टि भएको र इङ्ल्यान्डसँगको खेल गुमाउन सक्ने शङ्का गरिएको क्रिक इन्फोले जनाएको छ ।

इङ्ल्यान्डमा लेस्टरसायरसँगको अभ्यास खेलको तेस्रो दिन आज गरिएको परीक्षणमा रोहितमा सङ्क्रमण पुष्टि भएको र आउँदो जुलाई १ तारिखदेखि हुने टेस्टमा सहभागी नहुने सम्भावना रहेको खबरमा उल्लेख छ । यसअघि रविचन्द्रन आश्विनमा पनि कोरोना देखिएपछि उनको इङ्ल्यान्ड भ्रमणमा ढिलाइ भएको थियो ।

गएको वर्ष इङ्ल्यान्ड र भारतबीचको शृङ्खला भइरहेको बेला भारतीय टोलीका सदस्यमा कोरोना देखिएपछि स्थगित भएकोले त्यति बेला बाँकी रहेको एक खेल खेल्न भारत इङ्ल्यान्ड भ्रमणमा रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार