प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव समितिमा पठाउन एमालेको माग

'छानबिन नगरिए संविधानको दुरुपयोग हुने जिकिर'

नेकपा एमालेका सांसद खगराज अधिकारीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि लगाएको महाअभियोग प्रस्ताव समितिमा पठाउन माग गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै अधिकारीले महाअभियोग प्रस्ताव संसदीय समिति लगेर छानबिन नगरिए त्यो संविधानको दुरुपयोग हुने बताए ।

‘प्रधानन्यायाधीश सिंहदरबारको एउटा र सर्वोच्चको अर्को भएको जनगुनासो छ । महाअभियोगको प्रस्ताव समितिमा नलैजानु हाम्रो असक्षमता हो । यसको साझी प्रतिनिधिसभा हुनुहुँदैन’ अधिकारीले भने, ‘आजै समितिमा लगैर छानबिन र सुनुवाइ होस्, अन्यथा संविधानको चरम दुरुपयोग भएको ठहर हुनेछ ।’

प्रधानन्यायाधीश जबरामाथिको सत्तारुढ गठबन्धनका सांसदहरुले महाअभियोग प्रस्ताव दर्ता गरेका छन् । महाअभियोग प्रस्ताव दर्ता हुनेबित्तिकै जबरा निलम्बनमा परेका छन् । गत फागुनमै जबरामाथि महाअभियोग लगाएको भएपनि त्यस अघि बढ्न सकेको छैन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार