‘कक्षा ८ सम्मका विद्यार्थीलाई दिवा खाजाका लागि अर्थमन्त्रालयले बजेट दिएन’

काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले कक्षा ८ सम्मका विद्यार्थीलाई दिवा खाजाका लागि अर्थ मन्त्रालयले बजेट नदिएको गुनासो गरेका छन् । आइतबार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गत सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै शिक्षामन्त्री पौडेलले कक्षा ८ सम्मका विद्यार्थीलाई दिवा खाजाका लागि बजेट विनियोजन नगरेको बताएका हुन् ।

मन्त्री पौडेलले सरकारको आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कक्षा ८ सम्म दिवा खाजा पुर्‍याइने भने पनि बजेट प्रस्तुत हुँदा कक्षा ८ सम्म पुर्‍याउने गरी भन्ने भाषा प्रयोग गरिएको बताए ।

उनले दिवा खाजा कक्षा ६ सम्मका विद्यार्थीका लागि थपिएर आएको हुँदा खुसी व्यक्त गरेका छन् । कक्षा ८ सम्मका विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्नुपर्ने आफूहरूको प्रस्तावलाई बजेटमा नसमेटिएको उनले बताए । ‘अर्थ मन्त्रालयले पनि बजेट कमी भयो भन्नुभएको छ । नीति तथा कार्यक्रममा आयोस बजेटमा यो आएन । बजेटमा ८ सम्म पुर्‍याउने गरी हाललाई यो वर्ष ६ कक्षासम्म मात्र भन्ने भाषामा आयो‚’ उनले भने ।

मन्त्री पौडेलले शिक्षासम्बन्धी हरेक कुराहरु डिजिटल बनाउन मन्त्रालय प्रतिबद्ध रहेको समेत बताए । उनले सबै क्षेत्रमा पेपरलेस प्रविधि अघि बढाउने कुरा मन्त्रालयको प्राथमिकतामा रहेको बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार