आज नै मन्त्रिपरिषद् पुनर्गठन हुन सक्छ, मन्त्रीहरुको राजीनामापत्र मेरो गोजीमा छ : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सम्भवतः आज मन्त्रिपरिषद् पुनर्गठन हुने बताएका छन् । आइतबार काठमाडौंमा अखिल नेपाल महिला संघको केन्द्र्रीय कमिटीको बैठकमा उनले छिट्टै पार्टीको निर्णय कार्यान्वयन हुने बताए ।

अध्यक्ष नेपालले कतिपय व्यक्तिहरूको आफू पदमा बसेपछि हट्नै नचाहने प्रवृृत्ति भएको बताए ।
‘मन्त्रिपरिषद्को पुनर्गठन हुनेछ । छिटोभन्दा छिटो हुनेछ । आशा गरौँ, आजै हुनेछ । हाम्रो पार्टीको निर्णय लागु हुनेछ भन्ने आशा र विश्वास गर्दछु,’ उनले भने ।

उनले पार्टीबाट सरकारमा गएका केही मन्त्रीहरूले दिएको राजीनामा गोजीमा बोकेर हिँडेको समेत सुनाए । अरू मन्त्रीहरूको पनि राजीनामा आउने अपेक्षा गरे ।

‘केही मन्त्रीहरूले मलाई राजीनामापत्र दिनुभएको छ । पार्टीले कहिले बाहिर ल्याउने हो त्यो ल्याइयोस् भन्नुभएको छ । त्यो म गोजीमा लिएर हिँडिरहेको छु,’ उनले भने ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार