नागरिकता विधेयक देशको हितमा छैन : चित्रबहादुर केसी

काठमाडौं । सत्ता गठबन्धनको एक घटक राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नागरिकतासम्बन्धी विधेयक अघि बढाउन नहुने बताएका छन् । नागरिकता विधेयक अघि बढाउन गठबन्धनको बैठकले निर्णय गरेको केही दिन नबित्दै नेता केसीले यस्तो बताएका हुन् ।

शनिबार रिपोर्टस क्लबको एक कार्यक्रममा केसीले नागरिकतासम्बन्धी विधेयक पारित भए नेपालमा जनसांख्यिक आक्रमण भएसरह हुने दाबी गरे । सरकारले नागरिकतासम्बन्धी विधेयक पारित गराउनेगरी अघि बढाएको उल्लेख गर्दै केसीले यो देशको हितमा नभएको टिप्पणी गरे ।

नागरिकले नागरिकता पाउने विषयमा आफूहरूको विरोध भने नरहेको प्रष्ट्याउँदै उनले वंशजको नागरिकता दिनको लागि आमा पनि वंशज र बुबा पनि वंशज हुनुपर्ने आफूहरूको अडान रहेको बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार