रविभवनमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

काठमाण्डौको रविभवनमा हिजो बेलुका भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ । कालीमाटीबाट कलंकीतर्फ जाँदै गरेको बा ४ ख ४१४१ नम्बरको बसमा सोही दिशाबाट जाँदै गरेको बाग्मती प्रदेश ०२–०३० प ६५६२ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।

त्यसपछि अनियन्त्रित भइ विपरित दिशाबाट आउँदै गरेको बा ५ ख ४२७२ नम्बरको अर्को बसमा मोटरसाइकल पुनः ठोकिएको प्रहरीले जनाएको छ । हिजो बेलुकी ७ बजे भएको दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक मकवानपुरको थाहा नगरपालिका–७ का ३१ वर्षीय राजु दुतराजको उपचारका क्रममा शहिद मेमोरियल अस्पताल कलंकीमा गएको मध्यराती मृत्यु भएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार