कोरोना अपडेट: ८ हजार ५ सय २० जनामा संक्रमण, २०३ जनाको मृत्यु

६ हजार १३५ संक्रमित निको भए

Sunrise Bank Middle Size

नेपालमा शुक्रबार थप ८ हजार ५ सय २० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको २० हजार ९४८ पीसीआर र ५३० वटा एन्टिजेन विधिबाट परिक्षण गर्दा ८ हजार ५ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ३९ हजार ६५८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप २०३ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाका कारण ४ हजार ६ सय ६९ जनाको मृत्यु भएको छ ।

त्यस्तै थप ६ हजार १३५ संक्रमित निको भएका छन् भने नेपालमा हालसम्म तीन लाख २७ हजार ६५३ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा १ लाख ७ हजार ३३६ सक्रिय संक्रमित रहेका छन् भने ५१६ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म २७ लाख ३३ हजार ५१० वटा पिसिआर परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

Prabhu Bank Middle Size
Kumari Bank Middle Size
Loading...