क्यानाडा र स्कटल्यान्ड भ्रमणका लागि नेपाली टिमको घोषणा

क्यानाडा भ्रमणका लागि नेपाली क्रिकेट टिमको घोषणा भएको छ । सन्दीप लामिछानेको कप्तानीमा नेपाल क्रिकेट संघ (क्यान) ले १४ सदस्यीय टिमको घोषणा गरेको हो ।

नेपाली टिमले घरेलु टोली क्यानाडाविरुद्ध जुलाई ४ र जुलाई ५ मा दुई खेलको एकदिवसीय सिरिज खेल्नेछ । एकदिवसीय सिरिज अघि नेपाल र क्यानाडाको ओन्टारियो क्लबबीच अभ्यास खेल हुनेछ ।

आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजका लागि स्कटल्यान्ड जानु अघि तयारीका लागि नेपाली टिम क्यानाडाको भ्रमणामा जान लागेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार