काठमाडौं । बागमती प्रदेशसभाको बैठक आज आइतबार बस्दैछ । प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९–०८० को बजेट माथि छलफलका लागि दिउँसो २ बजे बैठक बोलाइएको हो ।
प्रदेशसभा बैठक बस्नुअघि कार्य व्यवस्था परामर्श समितिको बैठक पनि मध्याह्न १२ बजे बोलाइएको छ । असार २ गते बसेको प्रदेशसभाको बैठकमा बजेटमाथि सामान्य छलफल प्रारम्भ भएको थियो भने आइतबारको बैठकमा बजेटमाथि मन्त्रालयगत रुपमा छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।