पूर्वरानी कोमल शाह अस्पतालबाट डिस्चार्ज

कोरोना संक्रमण भएपछि काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेशल अस्पतालमा उपचाररत पूर्वरानी कोमल शाह शुक्रबार डिस्चार्ज भएकी छन् । उनी अपराह्न ४ बजे अस्पतालबाट डिस्चार्ज भएकी हुन् । उनीसँगै पूर्व अधिराजकुमारी प्रेरणा शाह समेत अस्पतालबाट डिस्चार्ज भएको अस्पतालले जनाएको छ ।

कोरोनाभाइरस संक्रमण भई २१ दिनअघि नर्भिक अस्पतालमा पूर्व राजा ज्ञानेन्द्र शाहसहित उनीहरु अस्पताल भर्ना भएका थिए । पूर्वराजा शाह बैशाख २९ गते राति ८ बजे डिस्चार्ज भएका थिए । त्यसको २ दिनपछि पूर्वरानी र पूर्व अधिराजकुमारी समेत डिस्चार्ज भएका हुन् । पूर्वरानीलाई अक्सिजनको हाइफ्लो सपोर्टमा राखेर उपचार गरिएको थियो ।

अक्सिजन निरन्तर घटेपछि आइसियूमा राखेर समेत केही दिन उपचार गरिएको थियो । प्लाज्मा थेरापी विधिबाटसमेत उपचार गरिएको थियो । क्रमिक रुपमा सवास्थ्यमा सुधार भइरहेपछि उनलाई डिस्चार्ज गरिएको अस्पताले जनाएको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार