सरकारले दिएको १० लाख नवीन्द्रराज जोशीको परिवारद्वारा अस्वीकार

नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको उपचारका लागि सरकारले दिने भनेको १० लाख रूपैयाँ सहयोग उनको परिवारले अस्वीकार गरेको छ ।

गत बिहीबारको मन्त्रिपरिषद बैठकले मस्तिष्कघातपछि उपचार गराइरहेका जोशीलाई सरकारका तर्फबाट १० लाख सहयोग उपलब्ध गराउने निर्णय गरेको थियो । तर उनको परिवारले सहयोग नलिने निर्णय गरेको जोशीका स्वकीय सचिव पुष्कर पाण्डेले जानकारी दिए । नेता जोशीको स्वास्थ्य अवस्था जटिलनै रहेको पनि उनले जानकारी दिएका छन् ।

फागुन १४ मा मस्तिष्कघात भएपछि जोशीलाई नर्भिक अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार