मन्त्री हेरफेरविरुद्ध उभिएका एकीकृत समाजवादीका ६ सांसदले लिए हस्ताक्षर फिर्ता

संसदीय दलको बैठक बोलाउन माग गर्दै लिखित निवेदन दिने नेकपा एकीकृत समाजवादीका ६ नेताले हस्ताक्षर फिर्ता लिएका छन् ।

शनिबार काठमाडौंमा बसेको समाजवादीको केन्द्रीय कमिटी बैठकका क्रममा पर्यटनमन्त्री प्रेम आले लगायत ६ जनाले आफूहरू भ्रममा परेर यसअघि हस्ताक्षर गरेको भन्दै अहिले हस्ताक्षर फिर्ता लिएको लिखित जानकारी गराएका हुन् । हस्ताक्षर फिर्ता लिनेमा ओले सहित धन बहादुर बुढा, कृष्ण लाल महर्जन, गोपाल बहादुर बम, पुष्पा कुमारी कर्ण कायस्थ र बिनादेवी बुढाथोकी रहेको नेकपा समाजवादीका नेता सोम प्रसाद पाण्डेले जानकारी दिएका छन् ।

यसअघि निवेदन दिने मध्ये स्वास्थ्यमन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाँक्री श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र सांसद निरा जैरुले भने हस्ताक्षर फिर्ता गरेका छैनन् । मन्त्री फेर्ने प्रस्तावमा असन्तुष्टि जनाउँदै समाजवादीका १० सांसदले अध्यक्ष माधवकुमार नेपालसमक्ष संसदीय दलको बैठक बोलाउन माग गर्दै निवेदन दिएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार