पेट्रोलियम पदार्थको मूल्य घटाउने सत्ता गठबन्धनको निर्णय

इन्धनमा लागेको कर कम गर्ने

सत्ता गठबन्धनको बैठकमा पेट्रोलिय पदार्थमा लागेको कर कम गरेर पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको हो ।

बैठकमा आजै मन्त्रिपरिषद्को बैठक बोलाएर पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर कम गर्ने र आयल निगमलाई मुल्य घटाउन निर्देशन दिने सहमति भएको छ।

यो निर्णय आजदेखि नै लागू हुने नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) का स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।
‘प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न गठबन्धन बैठकले बढ्दो महँगी नियन्त्रण गर्न र जनताको जीविकामा सहुलियत दिन पेट्रोलियम पदार्थको मूल्यमा भारी मात्रामा कटौती गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको छ,’ उनले भनेका छन्, ‘सरकारले उक्त विषयलाई आजैका दिनदेखि पेट्रोलियम पदार्थमा लगाएका करहरू कटौती गरी लागू गर्नेछ। उक्त निर्णय लागु गरेमा डिजेल र पेट्रोलको मुल्यमा प्रतिलिटर झण्डै ३० देखि २५ रुपैयाँसम्म मूल्य घट्ने देखिन्छ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार