लिड्सका मिडफिल्डर फिलिप्सलाई सिटीले भित्र्याउने

म्यानचेस्टर सिटीले लिड्सका मिडफिल्डर क्याल्भिन फिलिप्सलाई अनुबन्ध गर्ने सहमति गरेको छ । बीबीसीका अनुसार सिटी फिलिप्सका लागि ४।५ करोड पाउन्ड खर्च गर्न तयार भएको हो । क्लबले २६ वर्षीय खेलाडीका लागि ४।२ करोड पाउन्ड र बोनसका रूपमा ३० लाख पाउन्ड तिर्ने समाचारमा उल्लेख छ ।

नौ वर्ष क्लबमा बिताएका फर्नान्डिन्होले क्लब छाडेपछि प्रिमियर लिग च्याम्पियनले फिलिप्सलाई नम्बर १ टार्गेट बनाएको थियो । फिलिप्स लिड्सको एकाडेमीमा थिए र सन् २०१५ मा सिनियर टोलीमा डेब्यु गरेपछि उनले २१४ खेल खेलिसकेका छन् । फिलिप्सले रोड्रीलाई डिफेन्सिभ मिडफिल्ड पोजिसनमा ब्याकअप प्रदान गर्ने अपेक्षा गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार