माधवमाथि बास्कोटाको व्यङग्य-‘बल्ल परो नीरमाया माकुरी जालैमा’

नेकपा एमालेका नेता गोकुल बास्कोटाले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीकाे मन्त्री हेरफेर गर्ने निर्णयमाथि व्यङ्ग्य गरेका छन् । उनले नेकपा एस प्रति लक्षित गर्दै माकुराको बच्चाको प्रसंङ्ग उल्लेख गरेका छन् । शनिबार बिहानै बास्कोटाले सामाजिक सञ्जालमा माकुराको बच्चाले जालमा केहि नपाएपछि माउ खाए जस्तै समाजवादीमा पनि त्यस्तै दृश्य देखिएको उल्लेख गरेका छन् ।

उनले लेखेका छन् ‘ माकुराको बच्चाले जालोमा शिकार नपरेपछि अन्तिममा आफ्नै माऊको शिकार गरेर पेट भर्छ।शिखण्डीको भरिया बन्याथ्यो।बल्ल परो नीरमाया माकुरी जालैमा !’

अहिले  नेकपा एसमा मन्त्री हेरफेरकाे विषयले विवाद उत्पन्न भएकाे छ । समाजवादीबाट सरकारमा सहभागी बहालवाला मन्त्रीहरूले पार्टीकाे निर्णय कार्यान्वयन नगर्दा विवाद उत्पन्न भएकाे हाे ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार