भीम रावलका चार प्रश्नहरु

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले राजनीतिक नेतृत्व देश र जनताप्रति गम्भीर नदेखिए देशमा समस्या आइलाग्ने बताएका छन् । उनले सामाजिक सञ्जाल मार्फत देश र जनताप्रति नेता र नेतृत्व सधै गम्भीर रहनुपर्ने बताएका हुन् ।

उनले लेखेका छन्, ‘राजनीतिक नेतृत्व देश र जनताप्रति गम्भीर रूपमा उत्तरदायी र सक्षम भएन भने सरकार कसरी अस्थिर हुन्छ ? संसद कसरी प्रभावहीन हुन्छ ? शासन–प्रशासन एवं अदालत कसरी भ्रष्ट हुन्छ ? राज्य र सुरक्षा निकाय कसरी कमजोर हुन्छन् ? भन्ने कुरा नेपालमा घटित हालैका घटनाक्रमले देखाएका छन् ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार