अमरेन्द्र ठाकुर हत्या आरोपमा उनकै भाइ र छिमेकी पक्राउ

सर्लाहीको कबिलासी नगरपालिका–८ अगर्वा बस्ने २४ वर्षीय अमरेन्द्र ठाकुरको हत्या अभियोगमा उनकै भाइ अमरकान्त ठाकुर र सोही ठाउँ बस्ने रुपेश कुमार पक्राउ परेका छन्।

अगर्वा चोकबाट सलेमपुर नहरतर्फ जाने सडकनजिक कुलोमा अमरेन्द्रलाई धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा गत मंगलबार शव फेला परेको थियो। अनुसन्धानको क्रममा सोमबार बेलुकी दाजु अमरेन्द्र र भाइ अमरकान्तबीच वादविवाद भएको विषयलाई लिएर अमरकान्त र उनका साथी रुपेशले अमरेन्द्रलाई मार्ने योजना बनाएको खुलेको छ।

योजनाअनुसार खानपिनको व्यवस्था छ भनि बोलाई धारिलो हतियार र ढुंगाले शरीरका विभिन्न भागमा प्रहार गरी हत्या गरेर शव उक्त कुलोमा फालेको खुल्न आएको प्रहरीले जनाएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार