नेपालमा थप २५ वटा विश्वविद्यालय आवश्यक छ : स्वास्थ्य राज्यमन्त्री

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले नेपालमा थप २५ वटा विश्वविद्यालय आवश्यक रहेको बताएका छन् ।काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा उहाँले राज्यमन्त्री श्रेष्ठले नेपालमा थप २५ वटा विश्वविद्यालय आवश्यक रहेको भन्दै राज्यमन्त्री श्रेष्ठले त्यसमा निजी क्षेत्रले लगानी गर्दा राम्रो हुने बताए ।

उनले शिक्षा र स्वास्थ्य क्षेत्रलाई सेवामूलक व्यवसाय ठानेर अघि बढन निजी क्षेत्रलाई सचेत गराए । राज्यमन्त्री उमेश श्रेष्ठले उच्च शिक्षामा लगानी बढाउन निजी क्षेत्रलाई आह्वान गरेका छन् ।

नेपाल उच्च शिक्षाको हब हुनसक्ने उल्लेख गर्दै राज्यमन्त्री श्रेष्ठले लगानी बढाउन निजी क्षेत्रलाई आग्रह गरे । उनले सरकारले पूर्वाधारलगायतका आवश्यक व्यवस्था मिलाउने बताए ।

राज्यमन्त्री श्रेष्ठले शैक्षिक क्षेत्रमा विदेशिनी लगानी रोक्न सरकारले नेपाललाई एजुकेशन हब बनाउन नीतिगत, कानूनी र संरचनागत व्यवस्था गर्न लागेको बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार