संघ र प्रदेशको निर्वाचनका लागि आयोगले गर्‍यो दुईवटा मिति प्रस्ताव

काठमाडौं । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि दुईवटा मिति प्रस्ताव गरेको छ । आयोगले एकै चरणमा गर्ने भए कात्तिक ३० गते गर्ने अनौपचारिक प्रस्ताव पठाएको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले बताए ।

उनका अनुसार दुई चरणमा गर्ने हो भने २९ कात्तिक र ३ मंसिरको मिति आयोगले सरकारसमक्ष प्रस्ताव गरेको छ । काठमाडौं महानगरपालिकाको नगरसभामा बोल्दै दुई चरणमा गर्ने भए कात्तिक २८ र मंसिर ३ गतेको मिति प्रस्ताव भएको पनि बताए ।

“आयोगले दुई चरणमा गर्ने भए कात्तिक २८ र मंसिर ३ गते गर्ने भन्ने अनौपचारिक प्रस्ताव पठाइसकेको छ,” उनले भने, “एकै चरणमा गर्ने भए कात्तिक ३० गते देशैभरि चुनाव गर्ने भनिसकेको छ ।” अब निर्वाचन धेरै टाढा नभएको पाँच महिनाभित्र चुनाव हुनेसमेत बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार