भोलिसम्ममा पार्टीको निर्णय कार्यान्वयन गर्न मन्त्रीहरुलाई माधव नेपालको निर्देशन

नेकपा एकीकृत समाजवादीका नेता माधवकुमार नेपालले सरकारबाट फिर्ता हुन नमानिरहेका मन्त्रीहरुलाई पार्टी निर्णय कार्यान्वयन गर्न आग्रह गरेका छन् । शुक्रबार बसेको पोलिटब्युरो बैठकमा अध्यक्ष नेपालले भोलिसम्ममा पार्टीको निर्णय कार्यान्वयन हुने बताएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

‘पार्टीको निर्णय कार्यान्वयन हुन्छ,’खतिवडाले भने, ‘आज, भोलिभित्रै कार्यन्वयन हुने कुरा भएको छ । माधव नेपालले केन्द्रीय कमिटी बैठकमा धेरै कुरा भन्छु भन्नु भएको छ ।’

अध्यक्ष नेपालले भने अहिलेका सुझाव भविष्यमा काम लागे पनि अहिले निर्णयमा परिवर्तन नहुने बताएको खतिवडाले जानकारी दिए ।

उनले भने, ‘हामीले गरेको निर्णय आफैं कार्यान्वयन गर्न लाग्नुहोस् भन्ने सुझाव दिनु भएको छ ।’ सरकारबाट फिर्ता हुन आनाकानी गर्दै हाल एकीकृत समाजवादीबाट मन्त्री भएका सहित १० सांसदले अध्यक्ष नेपालले ध्यानाकर्षण गराएका थिए ।

बैठकमा अध्यक्ष नेपालले अघिल्लो पटक जस्ताे अबको चुनावमा गठबन्धन मात्रै नभन्ने र सबैतिर उम्मेदवारी दिने तयारीसहित लाग्न निर्देशन दिएको उनले बताए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार