मन्त्री परिवर्तन भए सहरी विकासका नीतिहरु शून्यबाट निमार्ण गर्नुपर्छ : मन्त्री झाँक्री

काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले मन्त्री परिवर्तन भए सहरी विकासका नयाँ नीतिहरू शून्यबाट निर्माण गर्नुपर्ने बताएकी छिन् । शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको विकास तथा प्रविधि समितिमा काठमाडौं उपत्यका विकास प्राधिकरणको वर्तमान अवस्था विषय छलफलमा बोल्दै मन्त्री झाँक्रीले सहरी विकासका लागि ड्राफ्ट भएका सबै नयाँ नीतिहरु मन्त्री परिवर्तन भए शून्यबाट बनाउन सुरु गर्नुपर्ने बताएका हुन् ।

‘सरकारका मन्त्री फेरिएर के भएको छ थाहा छैन । सरकार फेरियो भने नयाँ सहमति,नयाँ योजना र नयाँ नीति हुने भएकाले शून्यबाट सुरु गर्नुपर्छ । राष्ट्रिय सहरी नीति सरकार परिर्वतन भएको भएर शुन्यबाट सुरु गर्‍यौं । योभन्दा अगाडि भएका नीतिहरु शून्यबाट नै सुरु गरेका हौँ । मेरो ठाउँमा अर्को मन्त्री आयो भनेपनि त्यो शून्यबाट नै सुरु हुन्छ फेरि,’मन्त्री झाँक्रीले भनिन् ।

यस्तै मन्त्री झाँक्रीले काठमाडौं उपत्यका विकास प्राधिकरण खारेज गर्ने कुरा पूर्वाग्रह मात्रै भएको बताइन् । प्राधिकरणलाई खारेज नभएर प्राधिकरणले गर्ने कामको प्रक्रियालाई सुधार गरेर लौजानुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार