एमालेले रातो पुस्तिका च्यातेपछि पोखरा महानगरको नगरसभा अवरुद्ध

बजेट पारित हुनुअगावै रातो किताब प्रकाशन गरिएको आरोप

एमालेले बजेट पुस्तिका च्यातेपछि पोखरा महानगरपालिकाको नगरसभा अवरुद्ध भएको छ । बजेट पारित हुनुअगावै रातो किताबमा प्रकाशन गरिएको भन्दै नेकपा एमाले तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुले विरोध जनाएपछि बजेट प्रस्तुत हुने कार्यक्रम प्रभावित भएको हो । उनीहरुले रातो किताब समेत च्यातेका छन् ।

शुक्रबार अपराह्न साढे ४ बजे नगरसभा हुनेबित्तिकै एमाले दलका सचेतक राधिका शाहीले रातो किताब च्यात्दै बजेटमा आफुहरुको सहभागिता नहुने बताइन् ।

मेयर धनराज आचार्यले किताब मस्यौदा मात्र भएको र अन्तिम रातो किताब नभएको बताएका थिए । यस विषयमा उपमेयर मञ्जुदेवी गुरुङले रातो किताब किन प्रकाशन गरियो भन्नेमा आफूसमेत अनभिज्ञ रहेको बताइन् । उनले रातो किताब किन भनियो भन्दै प्रश्नसमेत गरेकी थिइन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार