काठमाडौं महानगरकाे बजेट ६ अर्बले बढ्यो, प्राथमिकतामा पूर्वाधार विकास

काठमाडौं महानगरपालिकाले २५ अर्ब ४१ करोडको बजेट सार्वजनिक गरेको छ । शुक्रबारको नगरसभामा उपमेयर सुनिता डंगोलले आगामी आर्थिक वर्ष २०७९–८० का लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको अनुमानित बजेट प्रस्तुत गरेकी हुन् ।

यो चालु आर्थिक वर्षको बजेटभन्दा ६ अर्ब ४६ करोड रुपैयाँले बढी हो । चालु आर्थिक वर्षमा महानगरले १८ अर्ब ९५ करोडको बजेट विनियोजन भएको थियो । बजेटको प्रमुख प्राथमिकतामा पूर्वाधार विकास रहेको छ ।

महानगरपालिकाले कुल बजेटको ४९.५७ प्रतिशत बजेट पूर्वाधार विकास क्षेत्रमा विनियोजन गरेको छ । पूर्वाधार विकासका लागि ११ अर्ब ८ करोड ८९ लाख ३ हजार बजेट विनियोजन गरिएको छ ।

त्यस्तै, कार्यालय खर्चका लागि ४ अर्ब ६८ करोड ९८ लाख ६० हजार, सामाजिक विकासका लागि १ अर्ब ६२ करोड र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रका लागि ४ अर्ब ४६ करोड विनियोजन गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार