४८ घण्टाभित्र पदबाट राजीनामा दिन्छु : प्रेम आले

पार्टीको पछिल्लो निर्णयले आत्मसम्मानमा चोट पुगेकाे गुनासाे

पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले ४८ घण्टाभित्र पदबाट राजीनामा दिने बताएका छन् ।

शुक्रबार नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठकमा मन्त्री आलेले राजीनामा दिने जानकारी गराएका हुन् ।आलेले पार्टीको पछिल्लो निर्णयले आफूहरूको आत्मसम्मानमा चोट पुगेको पनि बताए ।

‘पार्टीले ६ महिनाका लागि हामीलाई सरकारमा पठाएको थियो । थप २ महिनामा पनि काम गर्ने अवसर दियो । पछिल्लो समयमा फिर्ता गर्न छापामार शैलीमा निर्णय भयो ।’ बैठकमा आलेले भनेका थिए ।

एकीकृत समाजवादीले यसअघि नै चार मन्त्रीलाई फिर्ता गर्ने र अन्यलाई पठाउने सिफारिस गरे पनि निर्णय कार्यान्वयन हुन सकेको छैन । ४ मन्त्रीसहित १० सांसदहरुले असन्तुष्टि जनाउँदै शुक्रबार नै संसदीय दलको बैठक बोलाउन माग गरेका छन् । मन्त्रीफेरबदलको निर्णय गरेपछि नेकपा एस भित्र विवाद चुलिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार