त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १०० ग्राम सुन बरामद

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १०० ग्राम सुन बरामद भएको छ । शुक्रबार सलाम एयरवेजको उडान नं ४२७ मार्फत ओमनबाट आएका एक यात्रुको साथबाट उक्त सुन बरामद भएको हो ।

सुन बरामद भएपछि सिराहाका निरन्जन कुमार सिंहलाई भन्सार कार्यालयले शुक्रबार नियन्त्रणमा लिएको हो । भन्सार कार्यालयका अनुसार सिंहले सन सिल्क स्याम्पुको झोलमा मिसाएर १०० ग्राम सुन लुकाई ल्याएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार