मन्त्रिपरिषद्मा पुरानै अनुहार, राष्ट्रपतिले गराइन् सपथ (मन्त्रीहरुको सूचीसहित)

नवनियुक्त प्रधानमन्त्री केपी ओलीले पुरानै मन्त्रिमण्डललाई निरन्तरता दिएका छन् । बिहीबार प्रधानमन्त्रीमा पुन नियुक्त भएका ओलीले मन्त्रिपरिषदमा पुरानै नेताहरुलाई दोहोर्‍याएका हुन् । उनीहरु सबैलाई राष्ट्रपति भण्डारीले सपथ खुवाएकी छन् ।

एमालेको माधव नेपाल समुह र जसपा नेपालको ठाकुर समूहलाई सरकारमा सामेल हुन आग्रह गरिए पनि उनीहरु सरकारमा सहभागी नभएपछि प्रधानमन्त्री ओलीले पुरानै मन्त्रिमण्डललाई निरन्तरता दिएका हुन् ।

माधव नेपाल र जसपाका नेताहरुसँग कुरा गरेर फेरि मन्त्रिपरिषद् पुनर्गठन हुने बताइएको छ । स्रोतका अनुसार ओलीले जनता समाजवादी पार्टी सरकारमा आएपछि मात्र नयाँ अनुहारलाई मन्त्रिपरिषदमा सामेल गर्ने सम्भवना रहेको छ ।

यसअघि अल्पमतको प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ लिएका थिए । प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत गुमाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई बहुमत पुर्याएर दाबी पेश गर्न तीन दिनको समय दिएकी थिइन् । विहीबार राति ९ बजेसम्म दिइएको समयसीमाभित्र विपक्षी गठबन्धनले बहुमत पु¥याउन नसकेपछि राति १० बजे राष्ट्रपतिले ओलीलाई संविधानको धारा ७६९३० अनुसार प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।

१. श्री केपी शर्मा ओली प्रधानमन्त्री/रक्षा
२. श्री ईश्‍वर पोखरेल उपप्रधानमन्त्री प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
३. श्री रामबहादुर थापा मन्त्री, गृह
४. श्री टोपबहादुर रायमाझी मन्त्री, ऊर्जा, जलस्रोत तथा सिँचाई
५. श्री विष्णुप्रसाद पौडेल मन्त्री, अर्थ
६. श्री प्रदीपकुमार ज्ञवाली मन्त्री, परराष्‍ट्र
७. श्री हृदयेश त्रिपाठी मन्त्री, स्वास्थ्य तथा जनसङ्‌ख्या
८. श्री लेखराज भट्ट मन्त्री, उद्योग, वाणिज्य तथा आपूर्ति
९. श्री कृष्णगोपाल श्रेष्ठ मन्त्री, शिक्षा, विज्ञान तथा प्रविधि
१०. श्री प्रभु साह मन्त्री, सहरी विकास
११. श्री भानुभक्त ढकाल मन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
१२. श्री मणिचन्द्र थापा मन्त्री, खानेपानी
१३. श्री पद्माकुमारी अर्याल मन्त्री, कृषि तथा पशुपन्छी विकास
१४. श्री वसन्तकुमार नेम्वाङ्ग मन्त्री, भौतिक पूर्वाधार तथा यातायात
१५. श्री गौरीशंकर चौधरी मन्त्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षा
१६. श्री पार्वत गुरुङ मन्त्री, सञ्‍चार तथा सूचना प्रविधि
१७. डा. शिवमाया तुम्बाहाङफे मन्त्री, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
१८. श्री लिलानाथ श्रेष्ठ मन्त्री, कानून, न्याय तथा संसदीय मामिला
१८. श्री गणेशसिंह ठगुन्ना मन्त्री, सङ्घीय मामिला तथा सामान्य प्रशासन
२०. श्री प्रेमबहादुर आले मन्त्री, वन तथा वातावरण
२१. श्री जुलीकुमारी महतो मन्त्री, महिला, बालबालिका तथा ज्येष्‍ठ नागरिक
२२. श्री दावा लामा तामाङ मन्त्री, युवा तथा खेलकुद
२३. श्री नवराज रावत राज्यमन्त्री, स्वास्थ्य तथा जनसङ्‌ख्या
२४. श्री रामबिर मानन्धर राज्यमन्त्री, सहरी विकास
२५. श्री विमला वि.क. राज्यमन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार