सेयर बजारमा १३ अंकको सुधार

शुक्रबार सेयर बजारको परिसूचक नेप्से १३.७८ अंकले बढेको छ । साताको अन्तिम दिन २ घण्टा खुलेको बजारमा १ अर्ब १५ करोड रुपैयाँको कारोबार भयो । बैंकिङ २, विकास बैंक ५७, फाइनान्स २४, होटल तथा पर्यटन २६, जलविद्युत् २४, जीवन बीमा १३१, उत्पादन २९, माइक्रोफाइनान्स ३१, निर्जीवन बीमा १२८, अन्य १२ र ब्यापार उपसमूह ३ अंक बढे ।

कुल ४१ कम्पनीको मूल्य घट्दा १५० को बढ्यो भने ३ को स्थिर रह्यो । यस दिन न्यादी हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । सीवाईसी नेपाल लघुवित्तको मूल्य ८ प्रतिशत बढ्यो । हिजोसम्म १० प्रतिशत मूल्य बढेको आाधीखोला लघुवित्तको मूल्य आज भने ७.८ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा कुमारी बैंक, ङादी ग्रुप पावर, लक्ष्मी बैंक, हिमालयन डिस्टिलरी र नागरिक लगानी कोष क्रमश अगाडि रहे ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार