रुकुममा माटोको ढिस्कोमा पुरिएर युवकको मृत्यु

रुकुमको माटोको ढिस्कोमा पुरिएर एक जनाको ज्यान गएको छ । आठबिसकोट नगरपालिका–३ खदी ढाड भन्ने स्थानमा माटोको ढिस्कोले पुरिएर सोही ठाउँ बस्ने २४ वर्षीय बिष्णु कामीको ज्यान गएको हो। उनको बिहीबार मृत्यु भएको हो ।

ढुङ्गा खानीमा गिट्टीको लागि ढुङ्गा निकाल्ने क्रममा माथिबाट ढुङ्गा र माटोको ढिस्को भत्किन गई उनी पुरिएका थिए । उक्त खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट स्यालाखतिबाट खटिएको प्रहरीले उनको शव फेला पारेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार