एनओसी अवार्डः प्रिन्स र गौरिका सर्वोत्कृष्ट खेलाडी

काठमाडौ । ब्याड्मिन्टनका प्रिन्स दाहाल र पौडीकी गौरिका सिंह नेपाल ओलम्पिक कमिटी (एनओसी) सर्वोत्कृष्ट खेलाडी पुरस्कारबाट सम्मानित भएका छन् ।

अन्तर्राष्ट्रिय ओलम्पिक दिवसका अवसरमा नेपाल ओलम्पिक कमिटीले आयोजना गरेको एनओसी अवार्डमा प्रिन्सलाई उत्कृष्ट पुरुष तथा गौरिकालाई उत्कृष्ट महिला खेलाडीको सम्मान प्रदान गरिएको हो ।

यसैगरी तेक्वान्दोकी संगीना वैद्यले उत्कृष्ट महिला प्रशिक्षकको सम्मान पाउँदा नेपाल तेक्वान्दो संघ उत्कृष्ट संघ घोषित भयो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार