हेटौंडा उपमहानगरपालिकाको नगरसभा प्रभावित

हेटौंडा उपमहानगरपालिकाको नगरसभा प्रभावित बनेको छ । एमालेका कार्यपालिका सदस्यहरुले उपस्थिति पुस्तिकामा हस्ताक्षर गर्न नमाने पछि शुक्रबार बिहान १० बजेका लागि बोलाइएको हेटौंडा उपमहानगरपालिकाको ११ औं अधिवेशन प्रभावित बनेको हो ।

हालसम्म पनि चल्न नसकेको नगरसभा सञ्चालनका लागि एमालेसँग नगर प्रमुख मीनाकुमारी लामा र उपमेयर राजेश बानियाँ बैठक बसिरहेका छन् । बागमती प्रदेशको एकमात्रै उपमहानगर हेटौंडाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्न करिब २ अर्ब ७१ करोड ७९ लाख बजेट सार्वजनिक गर्ने तयारी गरेको छ ।

हेटौंडा उपमहानगरपालिकाको कार्यपालिकामा एमालेको बहुमत छ । कार्यपालिकाको २९ सदस्यमध्ये एमालेको १८, काँग्रेसको उपमेयर सहित ८, नेकपा एकीकृत समाजवादीको मेयर सहित २ र माओवादी केन्द्रका एक सदस्य छन् । त्यस्तै एमालेको नगरसभामा समेत बहुमत छ । कुल ९७ नगरसभा सदस्यमध्ये नेकपा एमालेका ५४ जना रहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार